×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भ्रष्टाचारीहरुलाई विभूषित गर्दै सरकार, नेपाल इन्भेष्टमेन्ट बैंकको लकरमा गोली राख्ने पनि विभूषण पाउने सूचीमा !

काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर सरकारले पूर्व सांसदहरुलाई विभूषण गर्ने भएको छ । तर उक्त कार्यक्रम कार्यक्रमपूर्व नै विवादमा परेको छ । विभूषणको सूचीमा भ्रष्टाचारीहरु पनि भएपछी उक्त कार्यक्रम विवादमा तानिएको हो । सरकारले पदक दिन लागेका ११०९ जना मध्ये भ्रष्टाचारमा मुद्दा चलिरहेका र विवादित सभासदहरू पनि भेटिएपछि विवाद उत्पन्न भएको हो । 
विभूषित हुनेको ५७८ नम्बरमा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेको नाम छ । चुरे भावर हुँदै नेकपा केन्द्रीय सदस्य रहेका न्यौपाने विरुद्ध ३१ करोड भ्रष्टाचार गरेको अभियोग छ । उनीसँगै भ्रष्टाचारमा मुछिएका पूर्व मन्त्री टेकबहादुर गुरुङ्गलाई पनि सरकारले विभूषित गर्न लागेको छ । न्यौपाने र गुरुङ दुवैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । न्यौपाने २०७५ चैत १३ गते ५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
यता नेपाल इन्भेष्टमेन्ट बैंकको लकरमा १४ थान गोली भेटिएपछि पक्राउ परेका ल्हारक्याल लामाले पनि गणतन्त्र दिवसको अवसरमा पदक पाउने भएका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्तिमा पनि मुद्दा चलाएको थियो ।
तत्कालीन एकीकृत माओवादीका सा‌ंसद रहेका ल्हारक्याल लामाको इन्भेष्टमेन्ट बैंकमा रहेको लकरमा गोली भेटिएको थियो । दरबारमार्गमा रहेको इन्भेष्टमेन्ट बैंकको शाखामा उनको नाममा रहेको लकरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चेक गर्दा १४ थान गोली भेटिएको थियो । उनलाई तत्काल अख्तियारले नियन्त्रणमा लिएर दरबारमार्ग प्रहरीमा बुझाएको छ । दरबारमार्ग प्रहरीले उनलाई काठमाडाैं प्रहरी परिसरमा बुझाएको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: