×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बरिष्ट वकीलकै बोली ‘कानुन त निमुखाका लागि मात्र रहेछ, सरकारविरुद्ध बोले जागिर जान्छ, कसले बोल्ने ?’ (भिडियो)

काठमाडौं । जनाधिकार अभियान, नेपालका अध्यक्ष एवम् वरिष्ठ अधिवक्ता एकराज भण्डारीले प्रधानमन्त्री केपि शर्मा ओलीलाई निर्वाचित गर्ने सबै सांसदहरु दलाल भएको आरोप लगाएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपालले संवाद डबलीमा आयोजना गरेको प्रेस स्वतन्त्रता तथा जनाधिकार बिषयक कार्यक्रममा बोल्दै उनले सो आरोप लगाएका हुन् ।
‘अहिलेको संविधानले कानुन, विधिको शासन, नागरिक अधिकारजस्ता विषयहरु उल्लेख गरेपनि सत्ताधारीहरुले केवल त्यसलाई भाषणवाजी गर्ने, अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित पार्ने औजारका रुपमा प्रयोग गरिरहेका छन् । अहिले संसदीय परिपाटीको विपरित प्रधानमन्त्री ओलीले सांसदहरुलाई झपार्ने गरेका छन् । संसदमा कुनै पनि विषय राख्दा सभामुखलाई सोधेर मात्रै गर्ने प्रावधान छ तर दुई तिहाइको आडमा ओलीले अरु सांसदहरुलाई भेडा बाख्रालाई जस्तै संसदमै त चुप लाग भनेर झपार्छन् ।’उनले भने, ‘ओलीलाई प्रधानमन्त्रीमा भोट दिने सबै दलाल हुन् । कोही शिक्षा माफिया छन्, कोही स्वास्थ्य माफिया, कोही जलमाफिया त कोही भूमाफिया अनि ओलीले नझपारे के गर्छन् ? कोही राम्रा सांसदहरु पनि छन् तर उनीहरुको अल्पमत छ । तिनै दलालहरुले ओलीलाई प्रधानमन्त्री बनाए अनि कसरी हुन्छ स्वतन्त्र न्यायपालिका ? अहिले न्यायपालिका सरकारको कब्जामा छ ।’

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: