×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एभेरेष्ट बैंकमा खाता हुनेहरु होसियार ! सम्बन्धित ग्राहकलाई थाहा नै नदिइ अरुलाई दिइन्छ बैंक स्टेटमेन्ट ! (प्रमाणसहित)

काठमाडौँ । कहिले ग्राहकको विवरण अन्यत्रै पुगेको काण्ड त कहिले कानुन नमानेको काण्ड । भारतीय पंजाव नेशनल बैंकको जोइन्ट भेन्चरमा सञ्चालित एभेरेष्ट बैंकको एकपछि अर्को काण्ड बाहिर आइनै रहेको छ । हुँदा हुँदा अव त बैंकले सम्बन्धित ग्राहकलाई सोध्दै नसोधी वा सम्बन्धित ग्राहकको अनुमति नै नलिइ तेश्रो पक्षलाई वा कुनै व्यक्तिलाई बैंक स्टेटमेन्ट प्रदान गरेको पाइएको छ । बैंक स्टेटमेन्टजस्तो गोप्य र अति नै संवेदनशील विषयमा पनि हदसम्मको लापरवाही गरेर एभेरेष्ट बैंकले यस्तो गलत काम गरेको रहस्य बाहिर आएको हो । 
एभेरेष्ट बैंकको बदमासी 
आफ्नो खाताको विवरण बैंक स्टेटमेन्ट मार्फत आफुलाई सोध्दै नसोधी अरुलाई दिएको भन्दै एक ग्राहकले नेपाल राष्ट्र बैंकमा एभेरेष्ट बैंकविरुद्ध उजुरी गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।  बैंकले अदालतमा विचाराधीन मुद्धाका एक पक्षलाई उनका विपक्षीको बैंक स्टेटमेन्ट उपलब्ध गराएको हो । उक्त मुद्धामा पक्ष विपक्षमा रहेका कृपासुर शेर्पा र उनका छोरा गणेश शेर्पाको अंश मुद्धामा सम्बन्धित व्यक्तिलाई सोध्दै नसोधी गणेश शेर्पाको बैंक स्टेटमेन्ट कृपाशुर शेर्पालाई उपलब्ध गराएको हो । बैंकले यस्तो बदमासी गरेपछि गणेश शेर्पाले नेपाल राष्ट्र बैंकमा उजुरी गरेका छन् भने नेपाल राष्ट्र बैंकले यस विषयमाउक्त समस्या सुल्झाउन एभेरेष्ट बैंकका नाममा पत्र काटिसकेको छ । उक्त पत्रमा उक्त समस्या नासुल्झिएको खण्डमा घटना विवरण खुलाई स्पष्टीकरण पठाउन भनिएको छ ।  
बैंकका ब्रान्च मेनेजर भन्छन्, ‘दिन त मिल्दैनथियो, दिइएछ’
यता यस विषयमा बैंकका मेनेजरको भने गैरजिम्मेवार जवाफ दिएका छन् । यसरी ग्राहकलाइ सोध्दै नसोधी बैंक स्टेटमेन्ट कसैलाई दिने सिंहदरवार शाखाका शाखा प्रवन्धक रामराज उप्रतीले गुड फेथका आधारमा स्टेटमेन्ट दिएको हुनसक्ने र आफुसँग भएको कागजमा स्टेटमेन्ट दिएको कुनै पनि प्रमाण नरहेको दावी गरेका छन् । ‘कुरा बाबु छोराको भएकाले गुडफेथका आधारमा दिइएको हुनसक्छ । त्यसरी बैंक स्टेटमेन्ट दिनचाहीं मिल्दैन थियो । अव दिइएछ ।  नेपाल राष्ट्र बैंकको पत्र आएपछि हामीले दुवै पक्षलाई सल्लाह गर्न बोलाएका छौं ।’ उनले भने । 
यो पनि पढ्नुहोस् 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: