सरुवाको विषयलाई लिएर उद्योगमन्त्री मातृका यादवमाथि कार्यकक्षमै हातपातको प्रयास, स्थिति केहिबेर तनावग्रस्त !

सरुवाको विषयलाई लिएर विवाद हुँदा उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा हातपातको प्रयास भएको छ । उद्योग विभागमा भएको सरुवाको विषयमा कर्मचारीहरुले मन्त्री यादवमाथि हातपात प्रयास भएको हो । नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले अश्लील गाली गर्दै हातपातमा उत्रिएको मन्त्रालय स्रोतले जनाएको छ ।

होहल्ला रोक्न बाहिर निस्किएका मन्त्रीमाथि हातपात प्रयास भएपछि प्रहरी बोलाए लगत्तै कर्मचारी नेताहरु भागेको मन्त्रालय स्रोतको दावी छ ।
प्रकाशित मिति : Wednesday, May 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal