×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चिटिङ भएको प्रमाणित भएपछि खोसिएको थियो ‘हु वान्ट्स टु बि अ मिलिनियर’मा जितिएको रकम, जैनको के होला ?

काठमाडौँ । चर्चित टेलिभिजन कार्यक्रम ‘को बन्छ करोडपतिमा चिटिङ गरिएको रहस्य खुलेपछि अहिले कार्यक्रमको सर्वत्र आलोचना सुरु भएको छ । विराटनगरका राजिव जैनले एक करोड रुपैयाँ जितेको एपिसोडमा पानी पिलाउने निहुँमा चिटिङ भएको केबिसी नेपालले राखेको भिडियोमा नै स्पष्ट देखिएपछि यस टेलिभिजन कार्यक्रमको तीब्र आलोचना भएको हो ।
को बन्छ करोडपति? मा १ करोड जित्ने उनी पहिलो रहेका जैनलाई उनलाई एक करोड रुपैयाँका लागि ‘२००७ साल प्रजातन्त्रपछिको पहिलो ऐतिहासिक चुनावकहिले घोषणा गरिएको थियो ?’ भन्ने प्रश्न सोधिएको थियो। र अप्सनहरु थिए, ए–२०१४ माघ १९, अप्सन बी– २०१४ फागुन ७,अप्सन सी–२०१४ मसिंर २, अप्सन डी–२०१४ पुस २५ । उनी पहिला उक्त प्रश्नको उत्तर फाल्गुण हो कि भनिरहेका थिए । तर पानी पिउने निहुँमा उनले स्टेज घुम्दै गर्दा कसैले ‘माघ हो माघ’ भनिदियो । र उनले माघ नै हो भने । र जिते एक करोड । कसैले अडियन्सबाट ‘माघ हो माघ’ भनेको बोली उक्त भिडियोको ३४ द्केही ३५ मिनेटसम्म मज्जाले सुन्नुभयो भने बुझिन्छ । कार्यक्रम कासञ्चालक राजेश हमालले ‘यसो डुल्न मन लागेकोछ भने डुल्नुस्… आउनुस्..गफ गर्दै गर्दै, प्रजातन्त्र ततपाँइलाई थाहा छँदै छ’ भन्दै स्टेजमा डुलाएका का थिए । 
उनले चिटिङ गरेर रकम जितेको खुलासा भएपछि उनको चौतर्फी आलोचना भएको छ । तर यस्तो चिटिङ नेपालमा मात्र होइन ‘हु वान्ट्स टु बि अ मिलिनियर’को २००१ को संस्करणमा पनि भएको रहेछ । ९ सेप्टेम्बर २००१ मा उक्त शोमा आएका एक व्यक्तिले श्रीमतीले खोकेको अनुसार उत्तर दिएको पत्ता लागेपछि उनको रकम खोसिएको थियो । उनले पनि उक्त कार्यक्रममा कार्यक्रमकै सर्वाधिक राशि जित्दै मिलिनियर हुन सफल भएका थिए ।    

यता जैनले जितेको रकम पनि नपाउने सम्भावना बढेको छ। यतिबेला केहि नेपालीहरुले पनि ‘हु वान्ट्स टु बि मिलिनियर’मा यसविषयमा उजुरीसहितको मेल गरेको बुझिएको छ । जसमा अनुसन्धान भयो भने राजीवले पैसा नपाउने सम्भावना बढेको छ ।   

जैनलाइ कसैले प्रश्नको उत्तर भनिदिएको भिडियोको ३४ औं मिनेटमा सुन्न सकिन्छ । कतिपयले यो स्वर पनि उनैको हो भनेका छन् ।तर धेरैले उनलाई कसैले उत्तर दिएको आशंका गरेका छन् । अव सत्य के हो र उनले जितेको पैसा खोसिन्छ वा खोसिन्न भन्ने कुरा केहि समयमा थाहा नै होला   

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: