×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

भरत बमलाई गैरन्यायिक थुनामा राखिएको भन्दै सर्वोच्चमा पत्रकारले हाले रिट !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य भरत बमलाई गैरन्यायिक थुनामा राखिएको भन्दै सर्वोच्चमा रिट परेको छ । पत्रकार सोभराज बरालले सोमबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका हुन्। नेता बमसहित दुई जनालाई गत बुधबार बाँके प्रहरीले गिरफ्तार गरेको थियो । 
बुधबार बाँकेको जानकी गाउँपालिका–६ गहनापुरबाट बमसँगै युवा नेता सत्यबहादुर शाहीलाई पनि प्रहरीले गिरफ्तार गरेको छ । दुवै जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा रखिएको प्रहरीले बताएको छ ।
रिट हाल्ने पत्रकार क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य हुन् भने सोहि संगठनको काठमाडौँ जिल्ला समितिका कोषाध्यक्षसमेत हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: