ईद उल फित्रको अवसरमा जेठ २३ गते सार्वजनिक बिदा !


काठमाडौं । जेठ २३ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मावलम्बीको पर्व ईद उल फित्रको अवसरमा उक्त दिन सरकारले बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले बताये ।
 
मुस्लिम धर्मावलम्बी सम्वद्ध विभिन्न संघसंस्थाले आफ्नो पर्वको दिन बिदा दिन माग गर्दै आएका थिए । उक्त मागलाई सरकारले सम्बोधन गरेको हो । 
प्रकाशित मिति : Thursday, May 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal