'सेलिब्रेटि' उपप्रमुखद्वारा सरकारी गाडी दुरुपयोग !

कपिलबस्तु । कपिलवस्तु बहुमुखी क्याम्पसमा बिएड तेस्रो बर्षको नेपाली बिषयको परिक्षा दिन जाँदा विभिन्न शिवराज नगरपालिकाकी उपप्रमुख शिव कुमारी थारुले सरकारी गाडीको दुरुपयोग गरेको भेटिएको छ । शिवराज नगरपालिकाको नेपाल आदर्श क्याम्पस शिवपुरमा अध्ययनरत उनले परिक्षा दिन आउने क्रममा शिवराज नगरपालिकाको बा २ झ ३७५९ नम्बरको गाडी प्रयोग गरेकी थिईन् । उनलाई विभिन्न सञ्चार माध्यमले 'सेलिब्रिटी'को उपमा दिएका छन् । 

बिहान ६ः३० बजे सरकारी गाडीमा आएकी उनी अन्य दुई परिक्षार्थीसहित सोही गाडीमा सवा दश बजे परिक्षा हलबाट निस्किएर गाडी चढेर फर्किएकी हुन । सञ्चारकर्मीलाई सरकारी गाडी दुरुपयोग बारे प्रतिक्रिया दिदै उपप्रमुख थारुले परिक्षा दिनका लागि गाडी लिएर आएको तर सवारीको दुरुपयोग नगरेको बताईन् । नेकपामा राम्रो प्रभाव बनाएकी उपप्रमुख थारु प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको बिदेश भ्रमण गर्ने टोलीमा समेत परेकी थिईन् ।
प्रकाशित मिति : Sunday, June 02, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal