×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कृषि विकास बैंकको ‘सिएसआर’: श्री जनता माध्यमिक विद्यालयलाई आर्थिक सहयोग

काठमाडौँ – सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा नं. ३ मा रहेको श्री जनता माध्यमिक बिद्यालयलाई कृषि विकास बैंकले आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बिद्यालयको बिभिन्न कक्षा कोठाहरुलाई शैक्षिक बाताबरण अनुकुल हुने गरी मर्मत तथा निर्माण, ६० जोडा डेस्क बेञ्च, १० वटा कक्षा कोठाको सिलिङ्ग लगाउने, २ वटा बाल मैत्रि कक्षा कोठामा कार्पेटिङ्ग गर्ने तथा २ वटा ४३ ईञ्चको एलईडि टेलिभिजन र ३० थान पंखा लगायतका बिद्युतिय सामाग्रीहरुका लागि नौ लाख ७५ हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो ।
आर्थिक सहयोग गरि शैक्षिक बिकासमा महत्वपुर्ण सहयोग पुर्याए बापत बैंकलाई विद्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सम्मान तथा प्रमाणपत्र समेत प्रदान गरेको छ । उक्त सम्मान तथा प्रमाणपत्र कृषि बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले ग्रहण गरेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: