किसान पेन्सन कार्यक्रम बजेटमा समावेश नगरेकोमा कृषि तथा पशुपंक्षी विकासमन्त्री खनाल असन्तुष्ट

काठमाडौँ - कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रमा बजेट कम भएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ । 

आगामी आर्थिक वर्षको बजेटमा कृषि क्षेत्रको बजेट कम भएको भन्दै मन्त्री खनालले असन्तुष्टि व्यक्त गर्नु भएको हो । उहाँले बजेट कम भएकै कारण चालू आर्थिक वर्षमा पनि किसानहरुको माग अनुसार मलको आपूर्ति गर्न नसकिएको पनि स्पष्ट पार्नुभयो । आईतबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले किसान पेन्सन कार्यक्रम बजेटमा समावेश नगरिएको गुनासो पनि गर्नु भयो । ‘किसान बर्गीकरण कार्यक्रम अन्तरगत किसानलाई पेन्सन दिने प्रस्ताव गरिएको थियो’, मन्त्री खनालको भनाई थियो,‘तर त्यसलाई बजेट वक्तव्यमा समावेश गरिएन ।’

मन्त्री खनालले सरकारले आगामी २ वर्ष भित्र दुध, माछा र खसी, बोकामा मुलुकलाई आत्मनिर्भर बनाउने गरी आवश्यक कार्यक्रम तय गरिएको दावी पनि गर्नु भयो ।

प्रकाशित मिति : Monday, June 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal