१८ लाख अवैध नगदसहित दुई जना नियन्त्रणमा

पर्सा - जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बिहारको मोतिहारी थाना रक्सौल ग्राम पञ्चायत वडा नम्बर १३ मा बस्ने महेश दासका २० वर्षीय छोरा रञ्जन दास र वडा १७ भैसडामा बस्ने रघुनाथ यादवका २९ वर्षीय छोरा बाला यादव रहेका छन् ।

विशेष सूचनाका आधारमा प्रहरी टोलीले बुधबार दिउँसो उनीहरूले चलाएर आएका ना २५ प ३८५६ र ना ५८ प ८८३९ मोटरसाइकल चेकजाँच गर्दा छुकाइछिपाइ ल्याएको अठार लाख रुपैयाँ र ५ हजार ५० भारु बरामद गरेको हो । उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : Thursday, June 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal