×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपालको बैंकिङ प्रणाली दक्षिण एसियामा सबैभन्दा सुदृढ : अर्थमन्त्री खतिवडा (भिडियो रिपोर्ट)

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले दक्षिण एशीयामा सबैभन्दा सुदृढ बैंकिङ प्रणाली नेपालमा रहेको दावी गर्नु भएको छ । अर्थमन्त्री खतिवडाले नेपालको बैंकिङ प्रणाली राम्रो भएकै कारण विदेशी बैंकहरुले नेपालको बैंकलाई ऋण दिन सुरु गरेको पनि स्पष्ट पार्नु भयो । पूँजी र निक्षेपको अनुपात मात्रै हेर्ने हो भने पनि नेपालको बैंकिङ प्रणाली दक्षिणी एशीयामा सबैभन्दा राम्रो रहेको उहाँको भनाई छ । अर्थमन्त्री खतिवडाले बैंकिङ प्रणाली राम्रो भएकाले नेपालमा वैदेशिक लगानी भित्र्ने सम्भावना बढेर गएको समेत बताउनु भयो । मंगलबार काठमाडौंको टंगालमा निक्षेप तथा कर्जा सुरक्षण कोष कार्यालय भवनको शिलान्याश गर्दै उहाँले निक्षेप विमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्र्नेमा पनि जोड दिनु भयो । त्यस अवसरमा अर्थमन्त्री खतिवडाले निक्षेप तथा कर्जा सुरक्षण कोषलाई बलियो बनाउन आगामी आर्थिक वर्ष भित्र यसको कोष १० अर्व पु¥याउने घोषणा पनि गर्नुभयो । सो कोषलाई बलियो बनाएर विपन्न वर्गलाई पनि बैंकिङ प्रणालीमा समावेश गराउने अर्थमन्त्री खतिवडाको योजना छ ।
कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले कोषले चालू आर्थिक वर्षको नौं महिनामा २ अरव मुनाफा आर्जन गर्न सफल भएको जानकारी दिनु भएको थियो । उहाँले सबै प्रदेशको कोषको शाखा कार्यालय स्थापनाका लागि जग्गा खरिदको काम सम्पन्न गरिएको पनि बताउनु भयो ।
कोषको भवनको निर्माण कार्यको जिम्मेवारी भ्याली बाबुरत्न जेभी कम्पनीलाई दिइएको छ । यस भवनको निर्माणका लागि ६ करोड ६८ लाख ५१ हजार ३९६ रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।हेर्नुहोस् भिडियो :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: