×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल टेलिभिजन न्यूजमा विशुद्ध बैंकिङ सम्बन्धि कार्यक्रम आरम्भ, पहिलो अंकमा गभर्नर नेपालको विशेष अन्तर्वार्ता !

काठमाडौँ । ‘बैंकिङ सम्बन्धि सम्पूर्ण समस्याको समाधान’ भन्ने मूल नाराका साथ स्थापित ‘बैंकिङ एण्ड फाइनान्सियल सोलुसन प्रालि’द्वारा सञ्चालित टेलिभिजन कार्यक्रम ‘बैंकिङ सेरोफेरो’ले प्रशारण सुरु गरेको छ । नेपाल टेलिभिजन न्यूज एचडी च्यानलमा प्रत्येक बुधबार बेलुकी ८:५० बजे प्रशारण हुने यो कार्यक्रममा बैंक तथा वित्तीय संस्था सम्बन्धि विशेष सामाग्रीहरु प्रस्तुत हुनेछन् । ‘बैंकिङ परिचय’ र ‘बैंकिङ साक्षात्कार’ गरी दुई स्तम्भ रहेको उक्त कार्यक्रममा बैंकिङ क्षेत्रसँग सम्बन्धित विभिन्न अग्रज व्यक्तित्वहरुसँगको अन्तर्वार्ता प्रस्तुत हुनेछ भने कुनै एक बैंक तथा वित्तीय संस्थाको परिचयसमेत प्रशारण हुनेछ ।
कार्यक्रमको पहिलो भागमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपाललाई प्रस्तुत गरिएको छ । केहि समयभित्र आउन लागेको मौद्रिक नीति, बजारमा चलेको बिग मर्जरको चर्चा, पूँजीवृद्धिको प्रभाव लगायतका विषयमा कार्यक्रमको पहिलो अंकमा गभर्नर नेपालसँग कुराकानी गरिएको छ । साथै बैंकिङ परिचय अन्तर्गत कार्यक्रमको पहिलो भागमा नेपाल राष्ट्र बैंकको परिचयात्मक सामाग्रीसमेत प्रशारण हुनेछ ।
बैंकिङ साक्षरता फैलाउने र बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित कुराहरुलाई जनतासमक्ष ल्याउने मुख्य उद्देश्यका साथ कार्यक्रम निर्माण गरिएको कार्यक्रमका निर्माता रंघम राज अर्यालले बताएका छन् । उक्त कार्यक्रम नेपाली टेलिभिजन क्षेत्रमै अहिले पूर्ण रुपमा बैंकिङ सम्बन्धि एकमात्र कार्यक्रम रहेको कार्यक्रम प्रस्तोता मनोज पौड्यालको दावी छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: