नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बेष्ट फाईनान्सद्धारा प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं - बेष्ट फाईनान्स कम्पनीले नेपाल रेडक्रस सोसाईटीको सहकार्यमा नसर्ने रोग र यसबाट बच्ने उपायको बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाण्डौं महानगरपालिकाका विभिन्न ४ वटा बडा कार्यलयका अगुवा महिलाहरुको सहभागीतामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा ऋषि राम भुसालले सहभागीहरुलाई प्रशिक्षण गराएका थिए । उक्त कार्यक्रममा सहभागीहरुलाई फाईनन्सका प्रमुख कार्यकारी अधिकृत तोय राज अधिकारीले प्रमाण पत्र वितरण गरेका थिए ।
प्रकाशित मिति : Friday, June 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal