ब्रोकर एशोसिएसनले भन्यो, 'बैंकलाई ब्रोकर लाइसेन्स नदेउ, दिए बजार निश्चित व्यापारीको नियन्त्रणमा पुग्छ' !

काठमाडौँ । मौद्रिक नीतिमा राष्ट्र बैंकलाई सुझाव दिदै ब्रोकर एसोसिएसनलाई बैंकलाई ब्रोकर लाइसेन्स नदीन सुझाव दिएको छ ।संघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषयमा सुझाव दिदै बैंकलाई ब्रोकर लाइसेन्स नदिन गर्न माग राखेको हो । बैंकहरुलाई ब्रोकर लाइसेन्स दिए सेयर बजार निश्चित व्यापारीको नियन्त्रणमा पुग्ने उनीहरुको तर्क छ । 

यस्तै सेयर ब्रोकरले मार्जिन लेण्डिङ केही प्रतिशत ब्रोकर मार्फत कारोबार गराउनुपर्ने माग राखेका छन् । यता सेयर कारोबारमा अनलाइन फण्डको सिमा १० लाख रहेपनि त्यो व्यवहारिक रुपमा कार्यान्वयन नभएको भन्दै त्यसलाई समेत कार्यान्वयन गर्न संघले माग राखेको छ ।
प्रकाशित मिति : Monday, June 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal