×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिटिजन्स बैंकद्वारा म्याग्दीको तातोपानी कुण्ड व्यवस्थापन समितिलाई आर्थिक सहयोग

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  बुधबार (असार ४ गते) म्याग्दीको सदरमुकाम बेनी बजारमा स्थित प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्ड व्यवस्थापन समितिलाई भौतिक पूर्वाधारहरूको विकाशको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । प्राकृतिक उपचार केन्द्र तातोपानीमा आउने विरामी , स्थानिय तथा अन्तर्रा्ष्ट्रिय पर्यटकलाई लक्षित गरी भौतिक पूर्वाधारहरूको निर्माणार्थ उक्त रकमको प्रयोग गरिने कुरा आयोजित कार्यक्रममा समितिद्वारा जानकारी गराईएको छ । 
यस किसिमको सहयोगबाट देश तथा विदेशबाट उक्त कुण्डमा आउने पर्यटकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: