बर्दियाको ठाकुरद्वारामा सिभिल बैंकको शाखा विस्तार, शाखा सञ्जाल ८५ पुग्यो

बर्दिया
काठमाडौं - सिभिल बैंकले बर्दियाको ठाकुरद्वारामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ८५औं शाखा सञ्चालनमा ल्याएको हो ।

शाखाको उद्घाटन नगरपालिकाका उपमेयर कृष्णा कुश्मा थारु (आस्था)ले गरिन् । उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, राजनीतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति : Sunday, June 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal