×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देवः विकास बैंकको १२औं साधारण सभा सम्पन्न, ५.५०% बोनस शेयर दिने प्रस्ताव पारित

काठमाडौं – देवः विकास बैंकको १२ औं साधारण सभाबाट ५.५०% बोनस शेयर प्रदान गर्ने प्रस्ताव पारित भएको छ । बिहीबार संचालक समितिका अध्यक्ष अवकाश प्राप्त उपरथी बज्र गुरुङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममा सर्वसम्मतीले प्रस्ताव पारित भएको हो ।
सो सभामा सामान्य प्रस्ताव अन्तर्गत देवः विकास बैंकको संचालक समितिको वार्षिक प्रतिवेदन, वाहृय लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७४/७५ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिसम्मको नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत आर्थिक विवरणहरुसमेत सर्वससम्मतिबाट पारित गरियो । साथै, आर्थिक वर्ष २०७५/७६ लेखापरिक्षण गर्न एल.एस.पि. एशोसियटस् (प्रो. सि.ए. सतिसचन्द्र लाल तथा सि.ए. गोपालकुमार श्रेष्ठ) लाई वाहृय लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतीबाट पारित गरियो ।
यसै गरी विशेष प्रस्ताव अन्तर्गत यस साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७४/७५ को वितरण गर्न योग्य नाफाबाट चुक्ता पूँजीको ५.५० प्रतिशत (रु. १३,९३,५२,४१९.१४) बराबर बोनस शेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतीबाट पारित गरियो ।
बिशेष प्रस्ताव अन्तर्गत वेस्टर्न डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्न स्वीकृतीका लागि पेश गरिएको प्रस्ताव सर्वसम्मतिबाट पारित गरियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: