×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

विप्लवका कार्यकर्ताले चौकी आक्रमण गर्ने प्रयास गरेको हल्लापछि सोलुखुम्बुका बैंक सुनसान ! स्थानीय त्राहिमाम !

काठमाडौँ- सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जिल्लाको महाकुलुङ गाउँपालिका–३, छेस्काममा गएराति चौकी कब्जा गर्ने उद्देश्यसहित आक्रमणको प्रयास गरेको खबर बाहिरिएपछि सोलुखुम्बुका बैंकमा कार्यरत कार्मचारीहरु र बैंकको सेवा लिने स्थानीयबासी त्राहिमाम बनेका छन् । विप्लवका कार्यकर्ताहरुले चौकी हान्न लागेको खबर पाएपछि सुरक्षाकर्मीसमेत त्यहाँबाट भागेको खबर सार्वजनिक भएपछी वरपर भएका बैंकहरुमा कार्यरत कर्मचारीहरु त्राहिमाम बनेका हुन् । उक्त खबरपछि बैंकहरु सुनसान बनेका छन् ।  
महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले पछिल्लो समय गाउँपालिकाको केही वडामा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुको गतिविधि बढेको पुष्टि गरे । यद्यपी उनले केहि बैंकहरु सुनसान भएकोबारे भने बोल्न चाहेनन् । 
‘आकाशमा हवाई गस्ती भइरहेको छ । स्थानीय त्राहिमाम् छन् । त्यसैले बैंकमा जाने कुरा भएन । केहि दिन स्थिति साम्य भएपछि काम गरौंला भनेर स्थानीय बसेका छन् ।’ एक स्थानीयबासीले भने । उक्त गाउँपालिकामा एभेरेष्ट लगायतका बैंक छन् । यता एभेरेष्ट बैंकका उक्त गाउँपालिकामा रहेको शाखाका ब्रान्च मेनेजर  देवी प्रसाद संग्रौलालाई सम्पर्क गर्दा उनीसँग सम्पर्क हुन सकिरहेको छैन ।

यता विप्लव नेतृत्वको नेकपाले भने एक विज्ञप्ति जारी गरी आफ्नो पार्टीको सुरक्षा निकायमा हमला गर्ने कुनै पनि नीति नरहेको प्रष्ट पारेको छ ।   

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: