×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पैसा ठिक पार्नुहोस् है ! घोडिघोडा लघुवित्तको १ लाख ३२ हजार ६०० कित्ता आइपिओ असार २० गतेदेखि आउँदै

लाष्ट रिमाइन्डर :
कम्पनी : घोडिघोडा लघुवित्त वित्तीय संस्था

खुला हुने मिति : असार २० गते

भर्ने अन्तिम मिति : असार २५ गते
कित्ता : १ लाख ३२ हजार ६०० कित्ता
प्रति कित्ता मूल्य : १००

विवरण :

घोडिघोडा लघुवित्त वित्तीय संस्थाको १ लाख ३२ हजार ६०० कित्ता आइपिओ असार २० गतेदेखि आउने भएको छ । यसमध्ये ०.५% (१ हजार ३८० कित्ता) कम्पनीका कर्मचारी र ५% (६ हजार ६३० कित्ता) सेयर सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी १ लाख २४ हजार ५९० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 
कम्पनीको उक्त आइपिओ प्रतिकित्ता १०० रुपैयाँ दरले असार २५ गतेसम्म भर्न सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने साउन १९ गतेसम्म भर्न सकिनेछ ।

आवेदन दिन सकिने शाखाहरु :

प्रभु क्यापिटल, काठमाडौँ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।

कम्पनी प्रोफाइल :
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : २ करोड ७६ लाख २५ हजार रुपैयाँ पुग्ने

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: