'होसियार ! ग्लोबल आईएमई बैंकले यसरी ठग्यो, सुवाष ठाकुरलाई घर न घाटको बनायो' (भिडियो)

काठमाडौँ । इटहरी घर भएका सुवाष ठाकुर, धन कमाउन भनेर दुबई गए । केहि धन कमाउँला, नेपाल आउँला र रमाउँला भन्ने उनको ठुलो धोको थियो । आफ्नो पैतृक सम्पत्ति पनि थियो । त्यसैले उनले सोहि अनुसार 'प्लान' बनाएका थिए । आफुले कमाएको पैसा र पैतृक रुपमा प्राप्त हुने सम्पत्ति जोडेर केहि थप सम्पत्ति हुन्छ अनि केहि गरौँला भन्ने उनको चाहाना थियो । बीचमा उनी छुट्टीमा नेपाल आए । नेपाल आउँदा थाहा भयो कि उनको हक लाग्ने पैतृक सम्पत्ति त ग्लोबल आइएमइ बैंकमा बन्धक बनाइएको रहेछ । अर्थात उनका दाजुले उक्त जग्गा धितोमा राखेर ऋण झिकेका रहेछन् । उनी अंशियारसमेत भएकाले उनको मन्जुरीनामा लिनुपर्ने थियो बैंकले । तर बैंकले त्यो आवश्यक ठानेन । त्यसपछि सुबास आफ्नो सम्पत्ति जोगाउन आफ्ना दाजुलाई पटक-पटक ऋण तिरेर उक्त जग्गा बन्धक फुकुवा गर्न अनुरोध गर्न थाले । तर दाजुले नमानेपछि उनले जिल्ला अदालतमा आफ्नो जग्गा आफ्नो अनुमति बिना बन्धक राखिएको भन्दै मुद्धा हाले।

हेर्नुहोस् भिडियो 

अदालतले उनकै पक्षमा फैसला गर्यो । उनको माग गरेअनुरुप 'उक्त जग्गा अंशबण्डा गर्नू' भनेर अदालतले आदेश दियो । अदालतको त्यहि कपि बोकेर उनी अदालतको आदेश कार्वनयनमा लागेका मात्र के थिए अर्को घटना घट्यो । घटना के हो भने अदालतले उक्त जग्गा अंशबण्डा गर्नु भनेको केहि दिनअघि नै उक्त जग्गा ग्लोबल आइएमइ बैंकले लिलाम सकार गरिदीइसकेको रहेछ । मुद्धा परेको जग्गा लिलाम कसरी भयो ? अदालतले दिएको आदेश अव कसरी कार्वनयन हुन्छ ? जिल्ला अदालतले अंशबन्डा हुनुपर्छ भनेर ठहर गरेको जग्गा बैंकले लिलाम गरिदिएपछि अव न्याय माग्न कहाँ जाने ? अनेक प्रश्नले उनलाई घेरे । त्यसपछि उनी अदालतको कपिसहितका अन्य कागजात बोकेर अर्थ सरोकारको कार्यालयमा आइपुगे । 



यसो त यति भएपछि पनि उनी चुप लागेर भने बसेका छैनन् । त्यसपछि उनले अदालतको फैसला कार्वनयन गरीपाउँ भनी पुन: अदालतमा मुद्धा हालेका छन् । र त्यो जग्गा अहिले रोक्का भएको छ । न किन्नेले उक्त जग्गा उपभोग गर्न पाएको छ, न बैंकले लिलाम गरिदिएको जग्गा सुवासले फिर्ता पाएका छन् । बैंकले अंशियारको मन्जुरीनामा विना कर्जा प्रवाह गर्दा लफडा नै लफडा निम्तिएको छ । 

सुरुमा त अंशियारको मन्जुरीनामा नै नलिनु बैंकको सबैभन्दा ठुलो कमजोरी भयो । कर्जा प्रवाह गर्ने बेलामा सम्भावित कुराहरुलाई ध्यान नदिनु बैंकको अर्को कमजोरी हो । अदालतमा मुद्धा परेको थाहा पाउँदा-पाउँदै जवर्जस्ती कसैलाइ जग्गा लिलाम गर्नु बैंकको अर्को कमजोरी भयो । लिलाम गर्ने बेलामा अंशियारलाई थाहा नदिनु बैंकको अर्को कमजोरी भयो । बैंकले यति हुँदा हुँदै पनि यो केसलाई सिरियसली लिएको पाइंदैन । बैंकका सीइओ महेश ढकालले अदालतमा बुझाएको प्रतिउत्तरपत्र ढिलो गरी लेखेका छन् । यसले पनि बैंक यो केसमा संवेदनशील छैन भन्ने देखाउँछ । 

बैंकले पनि आफ्नो कर्जा उठाउनुभन्दा पनि जसरी हुन्छ उक्त जग्गा लिलाम नै गर्ने नियत पो बोकेको हो कि भन्ने देखिन्छ । यो प्रकरणमा पनि बैंकले पहिलो लिलामीको सूचनामा ऋणीको विवरण नै गलत राखेको छ र उक्त जानकारी पुन: कसैले गराएपछि बैंकले सूचना सच्याएको देखिन्छ ।यसले पनि बैंक कति गैरजिम्मेवार भएर काम गरिरहेको छ भन्ने बुझिन्छ भन्ने पीडीत ठाकुरको तर्क छ ।

पीडीत ठाकुरको कुरा सुनिसकेपछि हामी यस विषयमा बुझ्न बैंक पुग्यौँ । यस विषयमा हामीसँग भएको प्रमाण झन्डै १५ मिनेट अध्ययन गरिसकेपछि उनले केहि अक्मकिदै कर्जा लिंदा अंशियारको मन्जुरीनामाअनिवार्य नभएको तर्क गरे । हामीले यहि विषयमा क्यामरा बोलिदिनुहोस न भन्दा उनले मानेनन् । रेग्मीले फाइल अध्ययन गर्छौँ, र अध्ययनपछि तपाईंलाई बोलाएर बैंकको आधिकारिक धराणा दिन्छु भने । हामीले पनि उनले भने अनुसार नै जानकारी लिने सोच बनायौं । तर यस अघि पनि यसरी नै हामीलाई झुलायेका उनले हामीलाई फेरि झुलाउछन् कि भन्ने शंका गरेर हामीले उनको गतिविधि हाम्रो गोप्य क्यामरामा कैद गरिसकेका थियौं ।

हेर्नुहोस् भिडियो 

उनले औपचारिक रुपमा बुझेर तपाईंहरुलाई बोलाउछु भनेपछि हामीले केहि हप्ता कुर्यौं । पटक पटक उनले हाम्रो फोन पनि उठाएनन् । हामीले केस हेरिरहनुभएको छ ? भनेर एसएमएस मार्फत सोध्दा उनले कहिले आफु काठमाडौँ बाहिर भएको बताए त कहिले कुनै प्रतिक्रिया नै दिएनन् । तर हामीले हाम्रो फलोअप रोकेनौं । गत सोमबार उनले फोन उठाए र अदालतमा यो केस पुगिसकेकाले अव आफु केहि पनि नबोल्ने जानकारी दिए । 
यसो त यस अघि पनि सुरेन्द्र राज रेग्मीले हामीलाई यसरी नै झुक्याएका थिए । फर्जी नोट प्रकरणमा परेको बैंकबारे आफुले अनुसन्धान गरेर जानकारी दिन्छु भनेका उनी त्यसपछि सम्पर्कबाहिर बसेका थिए । यसरी कहिले बुझेर जानकारी दिन्छु भन्ने र कहिले यस विषयमा मैले बोल्नु परेन भन्ने उनको कामले पनि बैंकले कतै नै कतै यो प्रकरणमा गल्ती बदनियतकै साथ गरेको त होइन ? भन्ने शंका गर्ने ठाउँ छ । 
यसो त ग्लोबल आइएमइ बैंकले गरेको लापरवाहीको यो पहिलो उदाहरण होइन । यसअघि ग्लोबल आइएमइ बैंक नोट प्रकरणमासमेत मुछिएको थियो । एक लाखको बिटोमा १० हजार नपुगेको काण्डका कारण जनतासमक्ष बदनाम भएको थियो बैंक । यसो त त्यसबेला पनि सुरुमा ग्लोबल आइएमइ बैंकका कर्मचारीले समस्या लिएर बैंक पुगेका ग्राहकलाई थर्काएर पठाएका थिए । पछि अर्थ सरोकारसहितको टिमले यस विषयमा विषय उठान गरेपछि बैंकले बाध्य भएर पूरा रकम फिर्ता दिएको थियो । त्यतिबेला पनि बैंकले अन्तिममा आफ्नो कमजोरी स्वीकारेको थियो ।

हेर्नुहोस् भिडियो :
प्रकाशित मिति : Thursday, June 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal