×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमइ बैंकको अर्को बदमासीको पर्दाफास : ‘खातावालालाई थाहा नै नदिइ पैसा पठाइयो अर्कैको खातामा’

सुर्खेत। कहिले नोट काण्ड त कहिले कहिले जग्गा काण्ड । पछिल्लो समय काण्ड नै काण्ड मच्चिने गरेको ग्लोबल आइएमइ बैंकमा नयाँ ‘चेक काण्ड’ मच्चिएको छ । ग्लोबल आइएमइ बैंकका कर्मचारीको मिलेमतोमा आफ्नो लाखौँ रुपैयाँ कसैको खातामा पठाइएको भनी भौचर र स्टेटमेन्टसमेत लिएर सुर्खेतका भक्तबहादुर श्रेष्ठ अर्थ सरोकारको सम्पर्कमा आएका छन् । यस अघि अर्थ सरोकारमार्फत ग्लोबल आइएमइ बैंकका कर्तुतहरु हेरेपछि उनले आफु पनि उक्त बैंकबाट ठगिएको भन्दै अर्थ सरोकारको सम्पर्कमा आएका हुन् । 
यस्तो छ घटना विवरण 
सुर्खेतका भक्तबहादुर श्रेष्ठले ग्लोबल आइएमइ बैंकमा रहेको उनको निर्माण कम्पनी विशाल निर्माण सेवा को नाममा रहेको खातामा मिति २०७५-५-१४ गते एउटा चेक (नम्बर २२१६४३८) जम्मा गरे । चेक जम्मा भएपछि उनी ढुक्क भएर घर फर्किए । एक अर्टको निर्माण कम्पनीबाट लिएको चेक उक्त खातामा जम्मा भएको उनको भनाइ छ । चेक क्लियरेन्समा पठाएर भौचर लिएर उनी घर फर्किए । उनको चेक क्लियर भएर रकम जम्मा पनि भयो । केहीदिन पश्चात कामकै सिलसिलामा मिति मिति २०७५-५-१७ मा जगतप्रसाद चौलागाईलाई रु. १,००,०००।– को चेक दिइ रकम भुक्तान लिन उनले बैंक पठाए । तर यो बेला थाहा भयो कि उनले यस अघि जम्मा गरेको चेकको रकम उनलाई नै थाहा नै नदिइ जसको चेकको रकाम जम्मा भएको थियो उसैलाई फिर्ता गरिएको रहेछ । 
अचम्मलाग्दो बैंकको काम देखेपछि उनी बैंक गए र आफ्नो स्टेटमेन्ट हेरे । बैंकको स्टेटमेन्ट हेर्दा ३० अगस्ट २०१८ मा चेक क्लियर भएर उनको खातामा रकम आएको देखिन्छ । पछि सोहि दिन नै ‘रिभर्स इन्ट्री’ गरी उक्त रकम पहिलाकै खातामा फिता पठाइएको देखिन्छ । शाहीले आफ्नो रकम आफ्नो हस्ताक्षर किर्ते गरी कसैले ल्याएको भनी मौखिक कुराकानी गरेकै आधारमा उक्त रकम सम्बन्धित खातावालाई फिर्ता पठाएको देखिन्छ । यस विषयमा श्रेष्ठलाई जानकारी पनि दिइएन । खातावालाले आफैं क्लियरेन्समा पठाएर क्लियरिङसमेत भएको चेक उनलाई नै थाहा नदिइ कसरी र कसको आदेशमा फिर्ता पठाइयो भनी श्रेष्ठले बैंकसँग सोध्दा कुनै पनि जवाफ नआएको श्रेष्ठको भनाइ छ । बैंकले मौखिक उजुरीकै आधारमा उक्त रकमको रिभर्स इन्ट्री हानेको भन्दै जवाफ दिएको र सो व्यक्तिलाई आफैं खोज्न भनेको श्रेष्ठको भनाइ छ । कसैलाई दिएको र क्लियरिङसमेत भइसकेको चेकको रकम पुन: आफैं लिएर उनी फरार भएको श्रेष्ठको दावी छ । यसरी आफ्नो खातामा आइसकेको रकम बैंकले नीज शाहीको मिलेमतोमा उनको खातामा हालेको आरोप श्रेष्ठको छ ।
‘मेरो खातामा म स्वयंम सुर्खेत शाखाम गई चेकमार्फत जम्मा गरेको रु. ५, ६२,००० (अक्षरुपी पाँच लाख बैसठ्ठी हजार मात्र) रकम बैंक म्यानेजर, १-२ जना कर्मचारीद्धारा मिलेमतोमा गायब बनाई ठगी गरिएको छ । जबकी बैंकका कर्मचराीहरु पैसा लिइ फरार हुने व्यक्तिलाई खोजी गर्नुहोस् भन्दैछन । बैंकमा जम्मा भएको पैसा शंकास्पद वा समस्या देखिएमा प्रक्रियामा जानुपर्थ्यो । ५-१० मिनेटमै कोही व्यक्ति आएको भरमा तुरुन्त पैसा रिभर्स गरी खाता निल गर्न मिल्छ र र?’ आफ्नो गुनासो बोकेर आएका उनले अर्थ सरोकारसँग भने ।
यस्तो धन्दामा बैंककै कर्मचारीहरु लागेको आरोप उनको छ । ‘मिति २०७६-२-८ गते बैंकमा गइ बुझ्दा तत्कालिन बैंक म्यानेजर कृष्ण लामिछानेको सरुवा भइसकेको र त्यतिखेर उनका सहयोगीहरु जनार्दन श्रेष्ठलगायत ‘बैंकको कुनै दोष छैन तपाइहरु जे गर्नुछ गर्नुहोस’ भन्दै उत्तर दिइरहेका छन् । बैंककै मिलेमतोमा मेरो खाताको पैसा दिएर कसैलाई भगाइयो ।’ उनले भने । 
के भन्छ नेपाल राष्ट्र बैंक ?
यता यस विषयमा उनले नेपाल राष्ट्र बैंकमा समेत जानकारी ;गराएका छन् । राष्ट्र बैंकका अधिकारीले पनि यसरी रिभर्स इन्ट्री हान्नुपर्दा सम्बन्धित व्यक्तिलाइ सोधीनु पर्ने तर्क गरिरहेका छन् । यस विषयमा लिखित उजुरी गर्ने तयारीसमेत श्रेष्ठले गरिरहेका छन् भने बैंकिङ कसुरअन्तर्गत बैंकका तत्कालीन ब्रान्च मेनेजरसहित अन्य कर्मचारीहरुलाई कारवाहीको माग गर्दै उनी सीआइबी जानेसमेत तयारीमा छन् । आफ्नो रकम आफुलाई नै थाहा नै नदिइ ग्लोबल आइएमइ बैंकले अरु कसैको खातामा मौखिक कुराकानीकै आधारमा दिनु आफूमाथिको अन्याय भएको भन्दै उनी न्यायका लागि कानुनी उपचारको क्रममा छन् ।
के भन्छ बैंक ?
यता यस घटना घटेको बैंकका शाखाका कर्मचारीहरु आफुलाई यस विषयमा थाहा नभएको तर्क गर्छन् । घटनाबारे बुझ्न बैंकका सूचना अधिकारी सुरेन्द्र राज रेग्मीलाई बुधबार विहान ९:१६ मिनेट जाँदा फोन गर्दा उनले फोन नै उठाएनन् । यता पीडीतले भने ग्लोबल आइएमइ बैंकमा पैसा सुरक्षित नभएको बताएका छन् । ‘ग्लोबल आइएमइ बैंकमा पैसा सुरक्षित नहुने रहेछ । ग्लोबल आइएमइ बैंकमा कारोबार गर्ने सबै सचेत हुन जरुरी छ ।’ अर्थ सरोकारसँग उनले भने ।

यो पनि पढ्नुहोस् !
‘होसियार ! ग्लोबल आईएमई बैंकले यसरी ठग्यो, घर न घाटको बनायो’

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: