×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बुधबार पनि ह्वात्तै बढ्यो सुनको मूल्य, यसकारण अझै बढ्न सक्छ !

काठमाडौँ – साताको चौथौ दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रति तोला ६१ हजार ७ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला ६२ हजार मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५३ हजार १ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १३ रुपैयाँ कायम गरेको छ ।

यता सुनको मूल्य अझै बढ्ने संकेत देखिएको छ । सरकारले बजेटमार्फत सुनको भन्सार शुल्क बढाएपछि सुनको भाउमा अझै बढोत्तरी हुने देखिएको हो । सरकारले प्रति १० ग्राम सुनको मूल्य ८५० रुपैयाँले बढाएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: