×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी, बैंकका कर्मचारीसहित डेढ दर्जन घाइते !

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा भीषण आँधीहुरी आएको छ । हुरीले रुखहरु ढालेको छ भने घरका छानाहरु उडाएको छ । हुरीका कारण डेढ दर्जन बढी घाईते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले थप मानवीय क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिएका छन् । 
यता कञ्चनपुरमा पनि हुरीको व्यापक प्रभाव परेको छ । हुरीका कारण घाइते भएका ८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अहिले हुरी रोकिएको छ भने पानी परिरहेको छ । हुरीबाट एक बैंकर पनि घाइते भएका छन् । एक वाणिज्य बैंकको कंचनपुर शाखामा काम गर्ने बैंकरको शरीरमा चोट लागेको छ ।  
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: