×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमालयन हाइड्रो पावरले २२ लाख ५० हजार कित्ता आइपिओ जारी गर्दै, बिक्री प्रबन्धकमा जनता क्यापिटल !

काठमाडौँ – हिमालयन हाइड्रो पावर लिमिटेडले २२ लाख ५० हजार कित्ता आईपिओ जारी गर्ने भएको छ । उक्त आइपिओ निष्काशन गर्न कम्पनीले जनता क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । कम्पनीले रु. १००/-अंकित दरको २२ करोड पचास लाख रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्न लागेको हो ।
जसमध्ये ९ लाख कित्ताको ९ करोड रुपैंया बराबरको शेयर परियोजना प्रभावित स्थानीय क्षेत्रहरुको लागि छुट्याइएको छ । आईपिओ निष्काशन गर्ने सम्बन्धमा हिमालयन हाइड्रो र जनता क्यापिटलबीच मंगलबार सम्झौता भएको छ ।
सम्झौतामा हिमालयन हाइड्रो पावर लिमिटेडका तर्फबाट संचालक शिवकृष्ण श्रेष्ठ र बिक्री प्रवन्धक जनता क्यापिटल लिमिटेडका तर्फबाट कार्यकारी निर्देशक बिश्व सुवेदीले हस्ताक्षर गरेका छन् । साथै, हिमालयन हाइड्रो पावर लिमिटेडलेआउँदो दशैैंसम्ममा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: