×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इन्फिनिटी लघुवित्तको ६ लाख ४० हजार ३०० कित्ता आइपिओ भयो बाँडफाँट, नतिजा अर्थ सरोकार डटकममा

काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ६ लाख ४० हजार ३०० कित्ता आइपीओ बुधबार बाँडफाँट भएको छ । बाँडफाँट भएको आइपिओमा ६२ हजार ९ सय ९३ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको छन् । यो आइपीओमा ३ लाख २९ हजार ७९ जनाले ६९ लाख २९ हजार ९१० कित्ताका लागि रीतपूर्वक आवेदन दिएका थिए भने ६२७ जनाको १७ हजार २४० कित्ता आवेदन भने रद्द भएको छ । 
इन्फिनिटीले कुल ६ लाख ४० हजार ३०० कित्ता सेयर बिक्री खुला गरेको हो । कुल निष्काशन गरेको आइपिओ मध्ये १० हजार ३७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ भने बाँकी ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका हुन् । कम्पनीले कुल ६ लाख ७४ हजार कित्ता सेयरमध्ये ३३ हजार ७०० कित्ता म्युचुअल फन्डहरुलाई बाँडफाँट गरी बाँकी रहेको सेयर कर्मचारी र सर्वसाधारणलाई बिक्री गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: