×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ब्राण्ड टसल : मुक्तिनाथ बिकास बैंकको नारा लेखाइमा ‘बदनियत’ ! कतै भ्रमको खेती, कतै ‘नियोजित बदमासी’ !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

ब्राण्ड टसल : मुक्तिनाथ बिकास बैंकको नारा लेखाइमा ‘बदनियत’ ! कतै भ्रमको खेती, कतै ‘नियोजित बदमासी’ !

‘जनता बैंकमा होइन
बैंक जनतामा जानुपर्दछ’
यो मुक्तिनाथ बिकास बैंकको नारा हो । बैंकले आफ्नो प्रधान कार्यालयदेखि अन्य कार्यालयहरुमा लोगोको सट्टा नै पनि प्रयोग गरिरहेको छ यो नारा । कतिपय ठाउँमा जनता बैंकको कार्यालय नजिकै मुक्तिनाथ बिकास बैंकको कार्यालय छ । अझ एक शाखामा त उही भवनमा जनता बैंक र मुक्तिनाथ बिकास बैंकको कार्यालय छ । यस्ता ठाउँहरुमा बैंकले उक्त नारालाई झन् कसरी स्पष्ट देखिन्छ, त्यसरी प्रस्तुत गरेको छ । झट्ट सुन्दा सामान्य विषय लागेपनि प्रचलित कानुन, र भाषाविद्हरुको कुरा सुन्ने हो भने यो ‘बदमासी’ नै हो । 
बैंकले भन्न खोजेको कुरा निकै राम्रो छ । ‘जनता… बैंकमा होइन, बैंक, जनतामा जानुपर्दछ।’ तर आफ्नो यो नाराको व्याकरण बिगारेर मुक्तिनाथ बिकास बैंकले जनता बैंकको ब्राण्ड बिगार्न खोजेको देखिन्छ । ‘जनता बैंकमा होइन’ भन्ने आशयले कतै न कतै जनता बैंकमाथिको पेलाहा प्रवृति झल्कने गरेको देखिन्छ ।  

भाषाविद् भन्छन्, ‘नारा सार्है राम्रो हो, तर लेखाइमा बदनियत देखियो’  
नारा निकै सुन्दर भएपनि यो विषयमा मुक्तिनाथ बिकास बैंकको लेखाइमा बद्नियत देखिएको तर्क भाषाविद्हरुको छ । भाषाविद् टंक थापा भन्छन्, ‘जनता बैंकमा होइन बैंक जनतामा जानुपर्छ लेख्दा ‘जनता… बैंकमा होइन, बैंक, जनतामा जानुपर्दछ’ भनेर लेखिनुपर्ने हो । अहिलेकै नाराको लेखाइमा बदनियत देखिएको छ । यसलाई सच्याएर अरुको ब्राण्डको पनि सम्मान गर्दा राम्रै हुन्छ ।’ उनका अनुसार मुक्तिनाथ बिकास बैंकका अन्य विभिन्न प्रचारमा पनि नेपाली भाषामाथि धावा बोलिएको छ । ‘बैंकहरुका विज्ञापन हेरिनासक्नु छ । मुक्तिनाथ बिकास बैंकका केहि प्रचारात्मक सामाग्रीहरुमा पनि लेखाइमा समस्या छ ।’ उनले भने ।
‘बैंकको ब्राण्डमाथि दखल पार्ने काम भएको छ’ : जनता बैंक 
यता मुक्तिनाथ बिकास बैंकले लेखाइमा ढंग नपुर्याएर आफ्नो बैंकको ब्राण्डलाई दखल पुर्याएको जनता बैंकको तर्क छ । बैंकको कर्पोरेट कम्युनिकेसन डिपार्टमेन्टका छवि हुमागाईं भन्छन्, ‘यस्तो काम नगरेको भए हुन्थ्यो । तर मुक्तिनाथ बिकास बैंकले गरिरहेको छ । कतिपय ठाउँमा हाम्रो शाखा र मुक्तिनाथ बिकास बैंकको शाखा उही ठाउँमा छ । एउटा शाखा त उही भवनमा पनि छ । यसरी ‘जनता बैंकमा होइन’ भनेर लेखिदिँदा कतै न कतै बैंकको ब्राण्डमा दखल पार्न खोजिएको हो कि भन्ने प्रश्न उठेको छ ।’
मुक्तिनाथ बिकास बैंक भन्छ, ‘जनता बैंकले सोधपुछ गरेको छैन, त्यहि भएर यस्तै चलिरहेको छ’
यस विषयमा हामीले मुक्तिनाथ बिकास बैंकमा कर्पोरेट कम्युनिकेसन डिपार्टमेन्टका बसन्त बास्कीको प्रतिक्रिया लिएका थियौं । ‘त्यस्तो लागेको भए बैंकले हामीलाई जानकारी दिनुपर्यो । बैंकले जानकारी दिएको खण्डमा वा यस विषयमा चासो देखाएको खण्डमा हामी सच्याउँछौँ । हाम्रो नियत गलत होइन । १३ बर्षदेखि हामी यहि नाराका साथ अगाडी बढीरहेका छौं ।’ उनले भने । अझ खास कुरा त के छ भने एक शाखामा ‘जनता बैंकमा होइन बैंक जनतामा जानुपर्छ’ भन्ने लेखिएको ठाउँमा ‘बैंक जनतामा’ भन्ने ठाउँलाई पोतेर ‘मुक्तिनाथमा’ भन्नेसमेत लेखिएको थियो । यस्तो बदमासी हुँदा ‘जनता बैंकमा होइन मुक्तिनाथमा जानुपर्दछ’ भन्ने नारा भयो । यस्तो गलत काम गरेको देखिएपछि उक्त बोर्ड नै नयाँ ल्याईएको थियो । यस्तो गलत काम मुक्तिनाथ बिकास बैंककै कर्मचारीको निर्देशनमा भएको आरोपसमेत लागेको थियो । तर मुक्तिनाथका कर्मचारीहरुले भने कसैले कलमले केरेर मुक्तिनाथ लेखिदिएको तर्क गरेका थिए । ‘हामीलाई जनता बैंकले ‘यसो भएछ, यसो नगरौँ’ भन्ने जानकारी दिएको खण्डमा हामी तुरुन्त यसलाई सच्याउँछौँ । हामी जनता बैंकलाई नराम्रो देखाएर राम्रो हुने पक्षमा छैनौँ।’ मुक्तिनाथ बिकास बैंकका कर्पोरेट कम्युनिकेसन प्रमुख बास्कीले भने ।
कृति अवार्डमा पनि उठेको थियो कुरा !
यसो त यो प्रसङ्ग बिज्ञापन संघले गर्ने कृति अवार्डमा पनि उठेको थियो । गत अवार्डमा मुक्तिनाथ बिकास बैंक नै उक्त अवार्ड कार्यक्रमको प्रायोजक थियो । यहि बेला पनि यो नारा गलत भएको र यस्तो गर्न नहुने तर्क धेरैले गरेका थिए । तर मुक्तिनाथ बिकास बैंकलाई धेरै ठाउँबाट यस्तो कम्प्लेन मौखिक रुपमा आउँदा पनि बैंक कसैका कुरा नसुनी आफ्नै सुरमा अगाडी बढेको देखिन्छ ।                                      
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: