×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता बैंक र लिडरशिप एकेडेमीबीच कार्यक्षमता वृद्धि गर्ने सम्बन्धी सम्झौता

काठमाडौं – जनता बैंक र लिडरशिप एकेडेमी नेपालबीच कर्मचारीको क्षमता अभिवृद्धि सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुरामकुंवर क्षेत्री र लिडरशिप एकेडेमी नेपालका फाउण्डर तथा सीटीओ अरुणराज जोशीले हस्ताक्षर गरेका हुन् । बैंकको विभिन्न तहका कर्मचारीहरुलाई क्षमता अभिबृद्धि र नेतृत्व विकास सम्बन्धि अन्तराष्ट्रिय स्तरको शिक्षा तथा तालिम संचालन गर्न जनता बैंक र लिडरशिप एकेडेमी नेपाल ( एल्एएन )बीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
लिडरशिप एकेडेमी नेपालले राईस युनिभर्सिटी विजनेश स्कुल युएस्एको उच्च स्तरीय तथा अन्तर्राष्ट्रिय स्तरको सिप विकास, व्यवसायीक दक्षता तथा नेतृत्व विकास सम्बन्धि शिक्षा आवश्यकता अनुसार विभिन्न तहका कर्मचारीहरुलाई प्रदान गर्नेछ । यस्ता तालिम तथा सिपमुलक शिक्षा आनलाइन कोस, गोष्ठि तथा सेमिनारहरु मार्फत प्रदान गरिने छ ।
लिडरशिप एकेडेमी नेपालले बिशेष गरी एड्भान्स लिडरशिप प्रोग्राम, अनलाइन राइस डेलिभरि, जस्ता कार्यक्रममार्फत शिक्षा प्रदान गर्नेछ । यस किसिमको शैक्षिक तथा तालिमको माध्यमबाट बैंकका कर्मचरीहरुको कार्य दक्षता तथा व्यवसायीक कुशलता अभिवृद्धि हुनुको साथै उनीहरुको नेतृत्व क्षमता विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास बैंकको रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: