×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्योति लाइफ इन्स्योरेन्स र इसेवाबीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौँ – ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र इसेवाबीच अनलाइन भुक्तानी सम्बन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा ज्योती लाईफ इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाश विक्रम खत्री तथा इसेवा फोन पे प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले हस्ताक्षर गरे ।
सम्झौता भएसँगै ज्योति लाईफबाट जारी गरिएका सबै बीमालेखहरुको नविकरण शुल्क भुक्तानी इसेवाका कुनैपनि जोन पोइन्ट तथा बीमित आफैले पनि आफ्नो ईसेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट गर्न सक्नेछन् । इन्स्योरेन्सले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै कम्पनीबाट प्रदान हुने सेवालाई प्रविधिमैत्री बनाइ अझ प्रभावकारी तथा सहज सेवा पुर्याउने उद्देश्यले अनलाइन भुक्तानी सम्झौता गरेको हो ।
सम्झौतासँगै हाल परिक्षणको कार्य भैरहेकोले सफल परिक्षण पश्चात छिटै नै सेवाग्राहीले यो सेवा उपयोग गर्न सक्नेछन् । मुलुकभर इसेवाका ५० हजार बढि जोन पोइन्ट रहेका छन् । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका २५०० भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: