कामना सेवा विकास बैंकको २ नयाँ शाखा पाडाजुङ्गी र बुधवारेमा, शाखा सञ्जाल ८९ पुग्यो

झापा
काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं. १ को झापा जिल्लाको कमल गाउँपालिका ५, पाडाजुङ्गी र बुद्धशान्ति गाउँपालिका १, बुधवारेमा विहीबार ८८औं र ८९औ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ ।

बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा नयाँ शाखाहरुको कारोबार शुरु गरिएको हो । सोही क्रममा प्रमुख कार्यकारी अधिकृत बस्नेतले यी शाखा समेत गरी प्रदेश नं. १ मा ९ शाखा पुगेको र थप शाखाहरुपनि शीघ्र सञ्चालनमा आउने बताए ।
प्रकाशित मिति : Friday, June 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal