विराटनगर र इटहरीमा कामना सेवा विकास बैंकको नयाँ शाखा विस्तार, आचार्य र बस्नेतद्वारा उद्घाटन

 मोरङ
काठमाडौं - कामना सेवा विकास बैंक लिमिटेडले एकै दिन दुई शाखा सञ्चालन गरेको छ । प्रदेश नं. १ को मोरङ जिल्लाको धरान रोड, विराटनगर र सुन्सरी जिल्लाको इटहरी चोक, इटहरीमा आफ्नो ८५औं र ८६औ शाखा कार्यालय स्थापना गरेको हो । उक्त कार्यक्रम बैंकका अध्यक्ष सुदिप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतको उपस्थितिमा उद्घाटन भएको छ ।

यसैगरी, बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिएको छ ।
प्रकाशित मिति : Monday, June 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal