ठमेलमा कामना सेवा विकास बैंकको ८७ औं शाखा बिस्तार, अध्यक्ष आचार्य र सिइओ बस्नेतद्वारा उद्घाटन

ठमेल
काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवाविस्तारको क्रममा ठमेलमा विहीबार ८७औं शाखा कार्यालय बिस्तार गरेको छ ।

बैंकका अध्यक्ष सुदीप आचार्य तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शाखा कार्यालय उद्घाटन तथा कारोबार शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बैंकका संस्थापक कृष्ण आचार्य तथा संचालक चतुराखर अधिकारीले बैंकले द्रुतगतिमा शाखा तथा कारोबार विस्तार गरेको बताए ।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकको हाल सम्मको संक्षिप्त जानकारी दिँदै भावी योजनाहरुको बारेमा प्रकाश पारेका थिए ।
प्रकाशित मिति : Friday, June 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal