×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कञ्चन डेभलपमेन्ट बैंकमा कर्मचारीमाथि ‘अत्याचार’, २० हजारको जागिर खानेले जागिर छोडे डेढ लाख बुझाउनुपर्ने !

काठमाडौँ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले जागिर छोड्ने कर्मचारीबाट ‘गैरकानुनी’ असुली गरिरहेको खबर अर्थ सरोकारले पटक पटक प्रकाशित गरेपछि यससँग सम्बन्धि केहि उदेकलाग्दा, केहि रोचक, र केहि पीडादायिक उदाहरण पनि सार्वजनिक हुन थालेको छ । यसै क्रममा कञ्चन डेभलोपमेन्ट बैंकका कर्मचारीले बैंकको जागिर प्रक्रियागत रुपमै छोड्दा पनि मोटो रकम बैंकलाई बुझाउनु परेको तथ्य अर्थ सरोकारले फेला पारेको छ । यसले बैंक तथा वित्तीय संस्थामा कर्मचारीमाथि कुन हदसम्मको शोषण हुनेरहेछ भन्ने तथ्य समेत उजागर गरिदिएको छ ।
प्रतिनिधि एउटा धटना 
नाम सुमन (नाम परिवर्तन) ले कञ्चन डेभलपमेन्ट बैंकमा मासिक २० हजार तलव लिने गरी जागिर खाए ।  यसै पनि उनले पूरै तलव कहिले पनि पाउँदैनथिए । ७-८ हजार केहि न केहि शिर्षक दिएर काटिन्थ्यो । उनले करिव ६ महिना जागिर खाए । कञ्चन डेभलपमेन्ट बैंकको सेवा सुबिधा पनि चित्तबुझ्दो नभएको र बैंकमा काम गर्ने वातावरण पनि राम्रो नभएको भन्दै उनले नेपालको अग्रणी र सिष्टम भएको भनी प्रख्यात वाणिज्बैंय कमा आवेदन दिए । नभन्दै उनको नाम निस्कियो र उनले कञ्चन डेभलपमेन्ट बैंक छोड्नुपर्ने भयो । यसको नियमअनुसार उनले बैंकलाई जानकारी पनि गराए । प्रचलित नियम अनुसार उनले जानकारी नै नगराएको भएपनि एक महिनाको तलव काटिनुपर्ने थियो । तर उनलाई बैंकले डेढ लाखको हिसाव देखायो । २० हजारका दरले नै हिसाव गर्ने हो भनेपनि ६ महिनामा कुल तलव १ लाख २० हजार हुन्छ । तर बैंक छोड्नुपर्ने बेलामा भने उनले सो रकमभन्दा पनि बढी अर्थात डेढ लाख रुपैयाँ तिर्नुपर्ने भयो । यति नगरी उनलाई बैंकले रिलिजपत्र नै दिएन । चलेको बैंकमा निकै राम्रो जागिर पाएका उनले त्यहि जागिरका लागि ६ महिनाको मेहेनत त खेर फाल्नु पर्यो नै, त्यो भन्दा बढी डेढलाख बैंकलाई तिरेर रिलिजपत्र लिनुपर्यो । यसो बैंकले यस्तो काम पनि मान्छे हेरेर गर्ने गरेको छ । खासै काम नगर्ने मान्छे अर्को बैंक जाँदा ‘जाओस्’ भन्ने शैलीमा रकम काटिएको छैन भने अलि काम गर्ने राम्रो मान्छे अन्त बैंकमा जाँदा यस्तो ‘अत्याचार’ हुने गरेको छ ।  
डर र त्रासमै लुक्छन् शोषणका घटना !
यसो त यस विषयमा उनी सुरुमा बोल्न चाहेका थिएनन् । उनलाई जुनसुकै बैंकमा गएपनि त्यहाँको सीइओसँग कुरा गरेर करियर सिध्याईदिने धम्की बैंकका उच्च अधिकारीले दिएका थिए । तर अर्थ सरोकारले यस्ता गलत प्रवृतिका बारेमा पटक-पटक समाचार प्रकाशित गरेपछि उनलाई लाग्यो, ‘यसरी कर्मचारीलाई बैंकहरुले दिने धम्की रेडिमेड धम्की रहेछ । अन्याय सहनुपनि पाप हो भन्ने निष्कर्षका साथ उनले अर्थ सरोकारमा यस विषयमा खाबर गरे । उनका अनुसार उनलाई मात्र होइन बैंकले यसरी धेरै कर्मचारीहरुलाई ठग्ने काम गरेको छ । यस विषयमा नेपाल राष्ट्र बैंकमा समेत केहि दिन अघि उजुरी परेको छ ।   
सीइओ भन्छन्, ‘३ बर्षपछि ब्याजसहित पैसा फिर्ता गर्छौं’
यस विषयमा बुझ्न हामीले बैंकका प्रमुख कार्यकारी अधिकृत बिरुराम जैशीलाई समपर्क गरेका थियौं । उनले हामीसँगको कुराकानीमा सुरुमा उक्त रकम तलवबाट कट्टा भएको केहि रकम भएको बताए । हामीले ६ महिनाको २० हजारका दरले काटिएको रकम कसरी डेढ लाख भयो त ? भन्ने प्रश्न गरेपछि उनले बोली फेरे । उनले उक्त रकम कर्मचारीबाट लिइएको भएपनि ३ बर्षपछि फिर्ता हुने दावी गरे । ‘अहिले लिएको हो । यो बचत जस्तै हो । ३ बर्षपछि ब्याजसहित फिर्ता दिन्छौं । पहिला यो ५ बर्षको  बोन्ड गर्ने चलन थियो भने अहिले ३ बर्ष को  नियम छ ।’ उनले भने । ‘तर यो काम कुन नियमलाई टेकेर गरियो त ?’ हाम्रो प्रश्नमा उनले भने, ‘बोन्डको नियम अनुसार गरेका हौँ । कर्मचारीसँग ५ बर्षसम्म काम गर्ने बोन्ड थियो । त्यहि अनुसार पैसा होल्ड गरेका हौँ  ‘ उनको अचम्मलाग्दो जवाफ आएपछि हामीले पुन: पीडीतलाई सम्पर्क गर्यौं । तर पीडीतले यस्तो कुनै पनि जानकारी आफुलाई नदिइएको र आफुलाई पेनाल्टी भनेर उक्त रकम लिइएको बताएका छन् ।   
राष्ट्र बैंक भन्छ, ‘यस्तो नियम त कतै छैन त !’
यस विषयमा हामीले नेपाल राष्ट्र बैंकको गुनासो व्यवस्थापन इकाईका केहि अधिकारीसँग बुझ्ने प्रयास गर्यौँ ।इकाईका एक अधिकारीहरुले यस्तो नियम कतै पनि नभएको स्पष्ट पारे । ‘अनेक अनेक कुरा आइरहेको छ । कतिपय कुरा त हामीले पनि पहिलो पटक सुनिरहेका छौं । कर्मचारीबाट जागिर छोड्ने बेलामा पैसा लिएर पछि  ब्याज तिर्छु भनेको के हो ? त्यसको उद्देश्य के हो ? के यसरी नै डिपोजिट जम्मा गरिरहेका छन् बैंकहरु ? हामी छानविन गर्छौं ।’ राष्ट्र बैंकका अधिकारीले भने ।                 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: