×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कुमारी बैंक र ह्याम्स्बीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौँ – आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र हस्पिटल फोर अड्भान्स्ड एण्ड मेडिसिन सर्जरी (ह्याम्स्)बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।
कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र ह्याम्स्का अध्यक्ष आर.एस्. भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार, हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी ९३ शाखा सञ्जाल, ८७ एटिएम तथा ३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: