×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महालक्ष्मी विकास बैंकको नयाँ शाखा झम्सीखेल र शंखमुलमा, शाखा सञ्जाल ९५ पुग्यो

काठमाडौँ – महालक्ष्मी विकास बैंक लिमीटेडले ललितपुरको झम्सीखेल र काठमाडौँको शंखमुलमा नयाँ शाखा स्थापना गरी औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । बैंकले ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडानम्बर ३ झम्सीखेलमा जेठ १५ गते काठमाण्डौ जिल्लाको वडानम्बर १० शंखमूलमा जेठ १९ गते शाखा स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको हो ।
यी दुई शाखासँगै बैंकको शाखा सञ्जाल संख्या ९५ पुगेको छ । बैंकले आगामी दिनमा समेत देशका संभावित अन्य स्थानमा समेत शाखा सञ्जाल बिस्तारको योजना बनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: