×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘जीवन हेरचाह बीमा योजना’ सञ्चालन गर्दै, यस्ता छन् विशेषताहरु

काठमाडौँ – महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले जेठ २६ गतेदेखि चौथो योजनाको रुपमा ‘जीवन हेरचाह बीमा योजना’ सञ्चालन गर्ने भएको छ । एउटै बीमा योजनामा टर्म इन्स्योरेन्स, एन्यूटी (पेन्सन) इन्स्योरेन्स र इण्डोमेन्ट इन्स्योरेन्सको समिश्रण रहेको यो योजना नेपालको बीमा बजारमा नौलो भएको कम्पनीले जनाएको छ ।
केटाकेटी र सन्तानको सुरक्षित भविश्यलाई लक्षित गरी ल्याइएको यो बीमा योजनामा प्रस्तावक (अभिभावक)को मृत्यू भएमा इच्छाईएको व्यक्तिलाई विमाङक रकम एकमुष्ट तुरुन्त भुक्तानी गरिनेछ ।
बिमाङ्क रकम भुक्तानीपछि पनि बीमाले निरन्तरता पाउँदै अवधि समाप्ती नभएसम्म प्रत्येक तीन–तीन महिनामा विमाङ्क रकमको २.५प्रतिशत बाँकी जीवन निर्वाह भत्ता (पेन्सन)को रुपमा पाईरहने, बाँकी अवधिको लागि बीमा शुल्क तिर्नु नपर्ने र भुक्तानी अवधि समाप्ती पछि पुनः विमाङ्क रकम र आर्जित वोनस एकमुष्ट भुक्तानी पाउने व्यवस्था गरिएको छ ।
साथै प्रस्तावक दुर्घटनामा स्थायी अपाङ्ग वा असक्त भएमा बाँकी अवधिको बीमा शुल्क छुट हुने र १२ वर्ष सम्म त्रैमासिक रुपमा विमाङ्क रकमको २.५ प्रतिशत जीवन निर्वाह भत्ता उपलब्ध हुने व्यवस्था समेत गरिएको छ ।
नेपालको बीमा बजारमा केटाकेटी बीमामा बच्चाको मृत्यू पछि बीमा योजना रद्द हुने व्यवस्था रहेको छ । तर, महालक्ष्मी लाईफले ल्याएको योजनामा इच्छाइएको वा बच्चाको मृत्यू पछिपनि बीमाले निरन्तरता पाईरहने र सो बीमा परिवारको इच्छाईएको व्यक्ति वा दोस्रो सन्तानमा हक हस्तान्तरण हुने एकदमै नौलो व्यवस्था गरिएको छ । प्रस्तावक जिवितै रहेको अवस्थामा भुक्तानी अवधि समाप्तीपछि विमाङ्क र आर्जीत बोनस एकमुष्ट पाउने व्यवस्था रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: