×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बैंकहरुमा किन बढिरहेका छन् ‘फेक कोल्याट्रल’का केस ? कारण, समाधान र अनुभवबारे मनोज ज्ञवालीको अन्तर्वार्ता (भिडियो)

काठमाडौँ । फेक कोल्याट्रल – पछिल्लो समय नेपाली बैंकिङ क्षेत्रमा बढेको एउटा प्रवृतिगत समस्या । जहाँ सजिलो हुन्छ, त्यहाँ खुरापातीहरु खेलीहाल्छन् । हुँदै नभएको जग्गा, अरुको नामको जग्गा, बाटो भएको भनेर भीर पाखाको जग्गा, राखेर ऋण लिने, त्यसलाई नतिर्ने गर्ने ‘ठग’हरुको संख्या बढिरहेको छ । र नेपालका सबै बैंकहरु कुनै न कुनै रुपमा, कतै न कतै यो समस्याबाट ग्रसित छन् । जति एग्रेसिभ रुपमा बैंक शाखा विस्तारमा लागेका छन्, त्यहि अनुपातमा यस्ता ठगहरुको जगजगी बढेको छ । आखिर किन निर्मुल हुन सकिरहेको छैन त निर्मुल हुनै पर्ने यो समस्या ? खास समस्या के छ ? हामीले नेपाली बैंकिङ क्षेत्रका भित्री तथ्यबारे जानकारका रुपमा परिचित चार्टड एकाउन्टेन्ट मनोज ज्ञवालीलाई यहि प्रश्न गरेका छौँ ।
ज्ञवालीको तर्क : ‘हामीले कसैलाई चाहिने भन्दा बढी जिम्मेवारी पो दियौँ कि ?’
‘जतिजति शाखा सञ्जालहरु बढिकोरहेका छन्, त्यति त्यति यस्ता समस्याहरु बढीरहेका छन् ।’ मनोज ज्ञवाली भन्छन्, केहि बैंकरहरुले ग्रोथका नाममा अनावश्यक र तयारी नपुगेको जिम्मेवारी पाईरहेका छन् । आज म कहाँ भएको कर्मचारी, भोलि अरु कुनै बैंकमा एक तह बढेर जान्छ । पर्सि फेरि अर्को बैंकमा फेरि एक तह बढेर जान्छ । हामीले गलत अभ्यास गरिरहेका छौँ । हो, ह्युमन रिसोर्सको अभाव छ । तर अभाव छ भन्दैमा गलत प्रवृतिलाई बढावा हुँदैछ बजारमा । सबैलाई ग्रोथको प्रेसर छ, बिजनेशको प्रेसर छ । हेर्न नभ्याइने गरी टार्गेट दिने काम हुँदा यस्तो गलत काम गर्नेहरुले फाइदा उठाईरहेका छन् । 
ज्ञवालीको अनुभव : ‘मलाई ठग्न खोज्नेलाई मुद्धा हालेको छु ।’
‘म कहाँ पनि यस्तो फेक कोल्याट्रल लिएर कोहि आएको थियो । मैले त लोन दिने कुरै भएन । त्यसलाई मुद्धा पनि हालें ।’ मनोज ज्ञवाली भन्छन्, ‘किर्ते काम गर्ने मान्छेलाई हामीले जोगाउनु हुँदैन । त्यसैले मैले मुद्धा हालें । पहिलोपटक अदालत जानुपर्यो, तर गएँ । बकपत्र दिएको छु ।’ ‘लोन नदिए भइहाल्थ्यो त, किन अदालती झमेलामा परेको ?’ एउटा प्रश्न हुन सक्छ यो । उनी भन्छन्, ‘मान्छे मार्नेलाई मात्र होइन, मार्न खोज्नेलाई पनि सजाय हुनुपर्छ । त्यसले मलाई नठगे अर्को साथीलाई, अर्को बैंकलाई त ठग्थ्यो । त्यसैले मैले छोडिन । कसैले पनि छोड्नु हुन्न।’
उनीसँग गरिएको कुराकानी निकै सटिक छ । उनले सटिक भाषामा यस विषयमा समस्याको समाधान पनि दिने प्रयास गरेका छन् । उनले कारण पनि पहिल्याएका छन् । हेरौँ यो अन्तर्वार्ता :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: