×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेको जिएम भएको भए मनोज कुमार ज्ञवालीले के-के गर्थे होलान् ? ज्ञवालीकै मुखबाट सुनौं ! (भिडियो अन्तर्वार्ता)

काठमाडौँ । चार्टड एकाउन्टेन्ट मनोज कुमार ज्ञवाली । हाल ज्योति बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत । डेभलोपमेन्ट बैंकर्स एसोसिएसनका महासचिव । धेरैले उनलाई आजको दिनमा चिन्ने परिचय यहि हो । तर केहि समय अगाडी फर्किने हो भने उनी ती आशा लाग्दा पात्र थिए जो नेप्सेमा जीएम भएपछि धेरै कुरा सुध्रीने आश गरेका थिए सेयर लगानीकर्ताहरुले । तर तत्कालीन समयमा उनले खोजेको त्यो जिम्मेवारीमा चन्द्र सिंह साउद पुगे ।
अहिले पनि धेरै लगानीकर्ताहरुले उनको नेतृत्व मिस गरिरहेका छन् नेप्सेमा । जव जव नेप्सेमा समस्या आउँछ, अनलाइन बिग्रिन थाल्छ, विभिन्न विवाद आउँछ, तव-तव बजारमा चर्चा हुन्छ नेप्सेको जीएम बन्ने दौडमा रहेर पनि जिम्मेवारीसम्म पुग्न नसकेका मनोज कुमार ज्ञवालीको ।
थुप्रै ठाउँमा उनको चर्चा सुनिसकेपछि हामीले पनि सोच्यौँ । अँ साच्चै, ज्ञवाली नेप्सेमा जीएम नै भइदिएको भएचाहिं के के गर्थे होलान् ? त्यसपछि एउटा अन्तर्वार्ताका क्रममा हामीले कुरोमा कुरो चलेका बेला सोध्यौँ, कहिलेकाहिं नेप्सेमा जीएम भइदिएको भए यसो गर्थें होला भन्ने लाग्दैन ?
हाम्रो प्रश्नमा थोरै मुस्कुराउँदै उनले धेरै कुटनीतिक जवाफ दिएका छन् । हेरौं यो रिपोर्ट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: