×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चन्दा नपुगेको भन्दै स्थानीयले मेयर कुटे, टर्चलाइटले हान्दा मेयरको नाक र आँखामा चोट लाग्यो !

रौतहट- रौतहटमा मेयर कुटिएका छन् । रौतहटको राजपुर फरदहवा नगरपालिकाका मेयरलाई स्थानिय एक यूवकले मंगलबार राति पर्व मनाउने क्रममा चन्दा रकम मागेको जति नभएको भन्दै आक्रमण गरेका हुन् । मेयर शेख सकिललाई गाउँकै शेख नेषादले टर्चलाईटले प्रहार गरेका हुन् ।  उनको आँखा र नाकामा चोट लागेको छ । घटनाको सूचना पाए लगत्तै सुरक्षाकर्मी मस्जिद पुगेको जिल्ला प्रहरीका डिएसपी नविन कार्कीले बताए ।
मेयर सकिलले सुनियोजित तरिकाले आफू माथि आक्रमण भएको बताएका छन्  । ‘चन्दा एउटा बाहना मात्र हो,’ उनले भने, ‘पुरानो रिसइबि साध्न आक्रमण गरेको हो । घट्नामा संलग्नलाई कडा कारबाही हुनुपर्छ ।’ उनले भनेका छन् । 
‘हामिले मेयर माथि आक्रमण गर्नेको ब्यापक खोजतलास गरिरहेका छौं,’जिल्ला प्रहरीका डिएसपी नविन कार्की, ‘चाँडै फेला पर्छ । उनलाई कानुन अनुसार कारवाही हुन्छ ।’ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: