मेगा बैंकको क्यूआर कोड शुरू, किराना व्यवसायीहरुलाई आकर्षक अफर

काठमाडौँ - मेगा बैंक नेपाल लिमिटेडले किराना व्यवसायीहरुका लागि आकर्षक अफर ल्याएको छ । बैंकिङ कारोबारलाई ‘क्यासलेस’ बनाउने उद्देश्यका साथ मेगा बैंकले क्यूआर कोड प्रवर्धन गर्न किराना व्यवसायीहरुका लागि अफर ल्याएको हो ।

यस योजना अन्तर्गत किराना पसलले आफ्ना ग्राहकलाई सामान बिक्री गर्दा ग्राहकको ‘फोन पे’ सञ्जाल भित्र रहेको कुनैपनि बैंकका मोबाइल बैंकिङ मार्फत मेगा बैंकको क्यूआर कोडलाई स्क्यान गरि भुक्तानी लिनुपर्नेछ । किराना पसलले प्रति महिना ग्राहकबाट कम्तीमा एक सयवटा कारोबारको भुक्तानी मेगा बैंकको क्यूआर कोडमार्फत गरेमा त्यसबापत पाँच हजार रुपैँया पाउनेछन् ।

यसैगरी, महिनामा एक सय भन्दा बढी क्यूआर कोडमार्फत भुक्तानी लिएमा प्रत्येक कारोबार बराबर किराना पसललाई ५० रुपैँया प्रदान गरिने मेगा बैंकले जनाएको छ । नगदबाट हुने भुक्तानीलाई निरुत्साहित गर्दै ‘क्यासलेस’ बैंकिङलाई प्रवर्धन गर्ने नेपाल सरकारको नीतिलाई साथ दिँदै मेगा बैंकले यो योजना ल्याएको हो ।

यो योजना तत्कालका लागि असार १ गतेदेखि सुरु भई भदौ अन्तिमसम्म लागू हुनेछ । यस योजनामा सहभागी हुन चाहने किराना पसललाई मेगा बैंकको नजिकको शाखा कार्यालय वा टोल फ्री नम्बर १६६००१०००२५ वा ९८५१२०७७१५ मा सम्पर्क गर्न सक्ने बैंकले जानकारी दिएकाे छ ।
प्रकाशित मिति : Friday, June 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal