मुक्तिनाथ विकास बैंकले २०% हकप्रद सेयर जारी गर्दै, हेर्नुहोस् यस्तो छ रेटिङ


काठमाडौं - मुक्तिनाथ विकास बैंकले २०% हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले उक्त हकप्रद सेयरको रटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको हो । 

बैंकले धितोपत्र बोर्डसँग २०% हकप्रद जारी गर्न अनुमति मागिसकेको छ । बैंकले १ः०.२ अनुपातमा ६१ करोड २९ लाख ५२ हजार २५ रुपैयाँको ६१ लाख २९ हजार ५२० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम भिबोर क्यापिटलले गर्नेछ । धितोपत्र बोर्डले अनुमति दिएपछि हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ ।
प्रकाशित मिति : Wednesday, June 12, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal