×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कावासोतीमा एनआइसी एशिया बैंकको शाखारहित बैंकिङ सेवा सञ्चालन

 कावासोती

काठमाडौँ – एनआईसी एशिया बैंकले नवलपरासी जिल्लाको कावासोती नगरपालिका वडा नं. ६, विष्णुनगरमा २९ औं शाखारहित बैंकिङ सेवा जेठ १७ गतेबाट सञ्चालनमा ल्याइएको छ ।
बैंकले सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको कावासोती नगरपालिका उप–मेयर प्रेमशंकर मर्दानियाले उद्घाटन गरे । उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा घ्याब्रे इन्टरप्राईजेज (प्रोप्राइटर विकाश गुरुङ) लाई नियुक्त गरिएको बैंकले जनाएको छ ।
शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ कारोबारको लागि स्थानीयबासीहरुलाई लामो दूरीसम्म हिंड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: