×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले १० वाणिज्य बैंकलाई दियो ब्रोकर लाइसेन्सको स्वीकृति (बैंकहरुको सूचीसहित)

काठमाण्डौ । १० वटा वाणिज्य बैंकहरुले ब्रोकरेज सेवा सञ्चालनका लागि लाइसेन्सको स्वीकृति पाएका छन् । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक, एनआइसी एशिया, बैंक अफ काठमाण्डू लिमीटेड, कुमारी बैंक लिमीटेड, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, जनता बैंक, मेगा बैंक, सेञ्चुरी कमर्सियल बैंक र सानिमा बैंक लिमीटेडले लाइसेन्सको स्वीकृति पाएका हुन् । 
यता सिभिल बैंकसहित बाँकी ८ वटा वाणिज्य बैंकले ब्रोकर लाइसेन्सको स्वीकृतिका लागि आवेदन दिएका छन् । ब्रोकर लाइसेन्सका लागि आवेदन दिने बैंकहरुमा नवील बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक,लक्ष्मी बैंक, सिटिजन्स इन्टरनेशनल बैंक र सनराइज बैंक लिमिटेड रहेका छन् ।
स्वीकृति दिने काम राष्ट्र बैंककै हो, लाइसेन्स दिने काम धितोपत्र बोर्डको !
नेपाल राष्ट्र बैंकले ब्रोकर लाइसेन्स पाउने गरी बैंकहरुको प्रबन्धपत्र र नियमावली संसोधनको लागि अनुमति दिएको कुरालाई कतिपयले राष्ट्र बैंकले नै लाइसेन्स दिइसक्यो भनेर बुझेका छन् । कुरो त्यो होइन । बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने धितोपत्र बोर्डले हो । र त्यो लाइसेन्स लिनका लागि उक्त काम गर्ने उद्देश्यसहित प्रबन्धपत्रमा आवश्यक परिवर्तन गर्नुपर्छ। बैंकहरुको नियामक भएकाले राष्ट्र बैंकले त्यससम्बन्धमा स्वीकृति दिन्छ । अहिले दिएको पनि त्यहि हो । विभिन्न बैंकहरुले उक्त नियमावली र संसोधन गर्ने स्वीकृति पाएका हुन् नेपाल राष्ट्र बैंकबाट । अव धितोपत्र बोर्डबाट लाइसेन्स लिने बाटो खुला भएको हो । अव बैंकहरुले आफ्नो प्रबन्धपत्र र नियमावलीमा आवश्यक परिवर्तन गर्नेछन् । र लाइसेन्सका लागि धितोपत्र बोर्डमा लाइसेन्सका लागि आवेदन दिनेछन् । अझ ब्रोकर लाइसेन्स धितोपत्र बोर्डले दिएर मात्र पनि पुग्दैन ।  नेप्से र सिडिएसले पनि अनुमति दिनुपर्छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: