×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नबिल इन्भेष्टमेन्टमा हितग्राही खाता र मेरो शेयरको नबीकरण अब अनलाइनबाटै

काठमाडौँ – नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको हितग्राही खाता सञ्चालन नबिकरण तथा मेरो शेयरको वार्षिक नबीकरण शुल्क सिधै अनलाईन मार्फत भुक्तानी सकिने भएको छ । साथै नयाँ हितग्राही खाता खोल्ने व्यवस्था अनलाईन मार्फत नै मिलाईएको कम्पनीले जनाएको छ ।
ग्राहकले अनलाईन मार्फत भुक्तानी गर्दा नविल इन्भेष्टमेन्टको वेभसाइटमा अनलाइन डिम्याटमा गई भुक्तानी गर्न बाँकी रकम यकिन गर्न सक्ने छन् । नबिल बैंकको अनलाईन कार्ड सुविधा, खल्ती तथा ई–बैकिङ्गबाट भुक्तानी गर्ने व्यवस्था मिलाएको जनाइएको छ । कम्पनीका अनुसार नबिल बैंक वाहेकका अन्य बैंकहरुमा खाता रहेका ग्राहकहरुले पनि सिधै भुक्तानी गर्न सकिने छ ।
लगानीकर्ताहरुले नयाँ हितग्राही खाता खोल्नका लागि अनलाईन मार्पmत फाराम भर्न सक्नेछन् । सो फाराम भरेको ३० दिन भित्र आफ्नो सक्कल नागरिकता सहित कम्पनीमा उपस्थित भई हितग्राही खाता खोलिने व्यवस्था समेत मिलाईएको जनाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: