×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

दांङको तुलसीपुरमा नेपाल बैंकको शाखा विस्तार, पाण्डे र अधिकारीद्वारा उद्घाटन

दांङ

काठमाडौँ – नेपाल बैंक लिमिटेडले प्रदेश नम्बर ५ दांङको तुलसीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालय तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे र नेपाल बैंक लिमिटेडका का.मु.सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारीले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् ।
सो कार्यक्रममा नगर प्रमुख पाण्डेले विभिन्न वित्तिय सेवामा बैकसंग हातेमालो गर्न उपमहानगर उत्शुक रहेको बताए । यस्तै बैकका का.मु.सहायक प्रमुख कार्यकारी अधिकृत अधिकारीले बैंकले विश्वसनीय, अत्याधुनिक र गुणस्तरीय बैकिंङ सेवा उपलव्ध गराउने प्रतिवद्धता गरे ।
त्यस्तै नेपाल बैक लिमिटेड प्रादेशिक कार्यालय ५ नम्बरका प्रमुख पासांग दोर्जी शेर्पाले बैंकसंग उच्चतम सुरक्षा र प्रतिफलसहितको निक्षेपसेवा ,विभिन्न उद्यम व्यवसाय संचालन निम्ति कर्जा सेवा ,सरकारबाट निर्देशित विभिन्न सहुलियतपुर्ण कर्जा सेवाको प्याकेज रहेकोले यी सेवाको उपयोग गरि लाभान्वित हुन आग्रह गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: