×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आहा ! मेरो देश : २१ तस्विरमा हेर्नुहोस् मनै लोभ्याउने शे–फोक्सुन्डोको यात्रा…! (फोटो कथा)

काठमाडौँ – नेपालको सबैभन्दा गहिरो तालको रुपमा रहेको फोकसुण्डो ताल डोल्पा जिल्लामा पर्छ । उत्तर–दक्षिण फैलिएको फोक्सुन्डो ताल वरिपरि धेरै भाग चट्टानले घेरेको छ । दक्षिणतिर जंगल छ । तालको आकारप्रकार हेर्न एकै छेउबाट सकिँदैन । एक छेउबाट अर्को छेउ देखिँदैन । शे गुम्बा जाने बाटो माथि डाँडामा गएर हेर्दा पनि तालको पूरै भाग देख्न सम्भव छैन । ताललाई स्थानीयहरू फुक्सुम्धो भन्छन् । डोल्पो भाषामा फुक्सुम्धोको अर्थ नेपालीमा त्रिवेणी हुन्छ । यो भनाइअनुसार ताल झन्डै तीनकुने आकारको छ ।
दक्षिणतिरको भाग भने लामो र तल्लो टुप्पो केही फैलिएको छ । पर्यटकहरू त्यही तल्लो कुनामा पुगेर तालको पूरै आकारको अवलोकन नगरी फर्कने गर्छन् । समुद्री सतहदेखि ३ हजार ६ सय ५० मिटर उचाइमा रहेको फोक्सुन्डो ताल नेपालकै गहिरो मानिन्छ । यसको गहिराइ ६ सय ५० मिटर छ । केहि महिनाअघि भ्रमणका क्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले ताललाई स्वर्गको टुक्रा भनेका थिए । ताल अवलोकन गर्नेलाई स्वर्गको टुक्रा अनुभूत हुन्छ । सदरमुकाम दुनैदेखि ३६ किमि उत्तरमा पर्ने ताल जान दुनैबाट २ दिन पैदल हिँड्नुपर्छ । यसरी कठिन बाटो काटेर फोक्सुन्डो पुग्दा त्यहाँको सुन्दर दृश्यले बाटाका सबै दुख भुलिने पर्यटकहरूको अनुभव छ ।
उत्तरतिरबाट छाल्फु र ढेवुथान २ ठूला खोलाबाट तालमा पानी प्रवेश गर्छ । दक्षिणतिर रिग्मो गाउँ नजिकको खोला बनेको खोल्साबाट तालको सफा पानी बाहिरिन्छ । यसरी तालबाट बाहिरिएको पानी करिब ५ सय मिटर तल पुगेर १ सय ६७ मिटरको फोक्सुन्डो सुलिगाड झरना बनेर झर्छ । यो झरनाले फोक्सुन्डो परिसरलाई रमणीय बनाएको छ ।
तस्विरः देबिकृष्ण राेकाया कर्णाली पर्यटन अभियान्ता ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: