×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्स्योरेन्सले गर्यो ७.५% बोनस सेयर दिने घोषणा, अव कति पुग्छ चुक्ता पुँजी ?

काठमाडौं – नेपाल इन्स्योरेन्सले ७.५% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति २८औँ बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीहरुलाई ७.५% बोनस सेयर दिने निर्णय गरेको हो ।
नेपाल इन्स्योरेन्सको हाल चुक्ता पुँजी १ अर्ब १ करोड ९१ लाख ३ हजार ८६२ रुपैयाँ छ । बोनस सेयरपछि चुक्ता पुँजी १ अर्ब ९ करोड ५५ लाख ३६ हजार ६५२ रुपैयाँ पुग्नेछ । कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्न ४० लाख २२ हजार ७७८ रुपैयाँ नगद लांभाश पनि दिने भएको छ । 
यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: