×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले ४ अर्ब ९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै, अपराह्न ३ बजे बोलकबोल

काठमाडौं – नेपाल राष्ट्र बैंकले ४ अर्ब ९ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले ९१ दिन र एक वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने ट्रेजरी बिलका लागि सोमबार (जेठ २७ गते) अपराह्न ३ बजे बोलकबोल हुनेछ ।
केन्द्रीय बैंकले ९१ दिनका लागि २ अर्ब २६ करोड रुपैयाँको बिल जारी गर्न लागेको हो । बैंकले जारी गर्ने ट्रेजरी विल आगामी भदौ २४ गते परिपक्व हुनेछ । त्यस्तै, १ वर्ष अवधिका लागि जारी हुने अर्को १ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी २०७७ जेठ २७ गते परिपक्क हुनेछ ।
भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्ने छन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: