नेपाल राष्ट्र बैंकले ५ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै, मध्याह्न ३ बजे बोलकबोल

काठमाडौं - नेपाल राष्ट्र बैंकले ५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल मंगलबार निष्काशन गर्ने भएको छ ।  बैंकले मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज (सोमबार) मध्याह्न ३ बजे बोलकबोल हुन लागेको हो ।  राष्ट्र बैंकले ९१ दिन र एक वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । 

केन्द्रीय बैंकले ९१ दिनको लागि ३ अर्ब १३ करोड रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०७६ साल भदौ १७ गते परिपक्व हुनेछ । त्यस्तै, १ वर्ष अवधिका लागि जारी हुने २ अर्ब रुपैयाँको ट्रेजरी २०७७ जेठ २० गते परिपक्क हुनेछ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ । व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
प्रकाशित मिति : Monday, June 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal