×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आज विप्लव नेतृत्वको नेकपाको आयोजनामा नेपाल बन्द ! कस्तो छ प्रभाव ?

काठमाडौँ- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज असार १० गते नेपाल बन्द आह्वान गरेको छ । आफ्ना नेतालाई गोली हानी हत्या गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले बन्दको घोषणा गरेको हो । सरकारले पार्टीका गतिविधि माथि प्रतिबन्ध लगाईसकेको छ भने बन्दको अघिल्लो दिन विभिन्न ठाउँमा बम भेटिएका छन् ।
कस्तो छ प्रभाव ?
पछिल्लो समय बम काण्डपछि विप्लव नेकपाको बन्द बढी प्रभावमुखी हुन थालेका छन् । आजको बन्दले  जनजीवन प्रभावित पारेको देखिएको छ । देशभरका सबैजसो स्कुल, कलेज बन्द छन् भने लामो दुरीका गाडीहरु चलेका छैनन् । एकाविहानै हेर्ने हो भने काठमाडौँका बाटोहरुमा खास गाडी कुदेका छैनन् । पोखरा, दाङ, इटहरी, बिराटनगर लगायतका ठाउँमा पनि बन्दको प्रभाव देखिएको छ । पार्टीलाई प्रतिबन्ध लगाइएपछी यो पहिलो बन्द भएकाले पनि आजको बन्द अलि गम्भीर होला भन्ने अनुमान गरिएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: